काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ । अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ । श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।