काठमाडौँ । अमेरिकी सांसदहरूले भेनेजुएलाका ड्रग तस्करीमा संलग्न भएको आशंका गरिएका डुंगाहरूमा गरिएको अमेरिकी सैन्य कारबाहीबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन्। एक रिपोर्टले पहिलो आक्रमणबाट बाँचेकाहरूलाई मार्न दोस्रो हमला आदेश गरिएको दाबी गरेपछि प्रश्न उठेका हुन्। पेन्टागन अनुगमन गर्ने रिपब्लिकन नेतृत्वका समितिहरूले क्यारिबियन क्षेत्रका यी स्ट्राइकबारे कडा जाँच–बुझ गर्ने बताएका छन्। द वाशिंगटन पोस्ट को नयाँ रिपोर्ट अनुसारसेप्टेम्बर २ मा भएको एक स्ट्राइकपछि दुई जना बाँचेका थिए।
तर, रक्षा सचिव पिट हेगसेथले सबैलाई मार भन्ने आदेश दिएको दाबी गर्दै ती दुवैलाई मार्न दोस्रो प्रहार गरिएको भनिएको छ। हेगसेथले भने रिपोर्टलाई फेक न्यूज भन्दै खारेज गरेका छन् र राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफू १००% आफ्नो रक्षा सचिवको पक्षमा रहेको बताए। हालका हप्ताहरूमा अमेरिका क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थितिमा विस्तार गर्दै आएको छ र भेनेजुएला तथा कोलम्बियाको नजिक अन्तर्राष्ट्रिय पानीमा गुड्ने ड्रग–स्मगलिङ डुंगाहरूलाई लक्षित गर्दै आक्रमण बढाएको छ। सेप्टेम्बरदेखि ८० भन्दा बढी मानिस मारिएको अमेरिकी अधिकारीहरूले बताइरहेका छन्। अमेरिकाले आफूलाई स्व–रक्षा का लागि डुंगाहरू नष्ट गरिएको दाबी गर्दै आएको छ। रिपोर्टअनुसार हेगसेथले “सबैलाई मार भन्ने मौखिक निर्देशन दिएका थिए। सो निर्देशन पालना गर्न विशेष अपरेसनको एक कमान्डरले दोस्रो स्ट्राइक गरेको आरोप लगाइएको छ।
ट्रम्प प्रशासनले भन्छन् ड्रग तस्करहरूसँग गैर–अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व चलिरहेको छ, त्यसैले सैन्य कारबाही वैधानिक छ। तर जाभेना कन्भेन्सनका नियमअनुसार घाइते व्यक्तिलाई लक्षित गर्न मिल्दैन बरु उनीहरूलाई पक्राउ गरी उपचार गर्नुपर्छ। डेमोक्र्याट र रिपब्लिकन दुबै दलका सांसदहरूले आइतबारका टक–सोजमा यसबारे जाँच गरिने बताएका छन्। सीबीएस कार्यक्रममा डेमोक्र्याट सिनेटर टिम केनले भनेका छन् यदि रिपोर्ट सही हो भने, यो युद्ध अपराधको तहसम्म पुग्छ। रिपब्लिकन सांसद माइक टर्नरले पनि यदि दोस्रो हमला गरिएको हो भने यो गम्भीर र अवैध कार्य हुनसक्छ भनेका छन् । सेनेट आर्म्ड सर्भिसेस कमिटीले शुक्रबार वक्तव्य जारी गर्दै घटनाबारे कडा अनुगमन गर्ने भएको छ। हाउस आर्म्ड सर्भिसेस कमिटीले पनि पूर्ण विवरण मागिने बताएको छ।
हामीले मारेको हरेक तस्कर एउटा नामित आतङ्की संगठनसँग जोडिएको छ। ट्रम्पको प्रतिक्रिया र भेनेजुएलाको आरोप यस्तो छ राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै भनेः म उनलाई हेगसेथ १००% विश्वास गर्छु। तर उनले दोस्रो प्रहार चाहन्नथे यो पनि बताएका छन्। भेनेजुएलाको नेशनल असेंब्लीले अमेरिकाको स्ट्राइकको निन्दा गर्दै कडा छानबिन गर्ने बताएको छ। भेनेजुएला सरकारले अमेरिकामाथि क्षेत्रीय तनाव बढाउने र सरकार फाल्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ। ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग हालसालै कुरा गरेको पुष्टि गरे, तर कति राम्रो वा नराम्रो भयो भन्न चाहन्न भने। समुद्री कानुन सम्बन्धी विवाद यस्तो छ अमेरिका युएन समुद्री कानुन सन्धि UNCLOS मा हस्ताक्षरकर्ता होइन। तर अमेरिकी सैन्य कानुनी सल्लाहकारहरूको भनाइ सन्धिका प्रावधानसँग मिल्दोजुल्दो व्यवहार गर्नुपर्छ। यो सन्धिअनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा चलिरहेका डुंगालाई रोक्न सामान्यतया अनुमति हुँदैन ।