काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका घिसिङ र बालेनबीच आइतबार बेलुका भेटवार्ता भएको हो।
मन्त्री घिसिङले बालेनसँगको तस्बिर साझा गर्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको उल्लेख गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ।