काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध जित निकालेको छ । जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । अहिलेको अवस्थामा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।
लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो ।
सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे । उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् ।