काठमाडौं । चटपटे ,मसलेदार ड्राइफुट र छिटो तयार हुने खाजाप्रति बढ्दो आकर्षणले जनस्वास्थ्यमै गम्भीर असर पर्ने चिकित्सक र पोषणविद्हरूले चेतावनी दिएका छन्। चटपटे स्वाद, चिल्लोपन र सस्तो–छिटो उपलब्धहुन भएकाले लोकप्रिय भए पनि यसले मानिसको सम्पूर्ण जीवनशैली, स्वास्थ्य, व्यवहार र मानसिक अवस्थासम्ममा नकारात्मक प्रभाव पारिरहेको तथ्य अध्ययनहरूले देखाएका छ। विशेषज्ञहरूका अनुसार नियमित रूपमा चटपटे तथा गुणस्तरहीन ड्राइफुट सेवनले मानीसलाई दिर्घकालिन रोग लाग्ने र बालबालिकामा अत्यधिक चटपटे सेवनका असर अझै गम्भीर अध्ययनले देखाएको छ।
शारीरिक स्वास्थ्यमा दीर्घकालीन असर: उच्च रक्तचाप, मधुमेह (डायबिटिज),मुटु–रक्तनली अवरुद्ध,मिर्गौला क्षति,पाचनतन्त्र कमजोर, पेट दुखाइ, ग्यास्ट्रिक र अल्सर, कलेजोमा बोसो जम्ने जस्ता दीर्घकालीन समस्या निम्त्याउन सक्छ। बजारमा पाइने धेरैजसो चटपटे तथा ड्राइफुटमा ट्रान्स–फ्याट, अमिलो र मसला, एमएसजी, कृत्रिम रङ, बढी नुन र बेसन–मसला मिश्रणको अत्यधिक मात्रामा प्रयोग हुने भएकाले शरीरको प्राकृतिक प्रणालीलाई वर्षैँसम्म क्षति पुर्याउदछ ।
बालबालिकाको भविष्यमा गहिरो प्रभाव: पढाइमा ध्यान नजाने, टाउको दुखाइ तथा माइग्रेन, पोषणअभाव, मोटोपन र कमजोर रोगप्रतिरोधक क्षमता,चरम ग्यास्ट्रिक समस्या जस्ता समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। दैनिक चटपटे सेवनले उनीहरूमा शारीरिक विकासमा अवरोध सिर्जना गर्नुका साथै भविष्यमा दीर्घकालीन रोगको जोखिम बढाउँछ।
मानसिक स्वास्थ्य र व्यवहारमा समेत असर: चिडचिडोपन, एकाग्रता कमी,निद्रा समस्या,तनाव जस्ता मानसिक असर देखिन सक्छ बालबालिका र किशोरामा यस्तो असर झनै तीव्र देखिने विशेषज्ञहरूको टिप्पणी छ।
जीवनशैलीमा नकारात्मक परिवर्तन: खानपानमा असन्तुलन, स्वस्थ आहारको उपेक्षा,नियमित व्यायाम छोड्ने,अत्यधिक नुन र चिल्लोको तेल जस्ता दीर्घकालीन जीवनशैलीसम्बन्धी समस्या निम्त्याउँछ। जीवनभरि रोगसँग लड्नु पर्ने अवस्था बन्ने खतरा चिकित्सकहरूले औँल्याएका छन्।
सामाजिक र आर्थिक असर: स्वास्थ्य समस्या बढेपछि परिवारमाथि आर्थिक भार बढ्ने,अस्पताल खर्च,औषधि खर्च,कार्यक्षमता घट्ने जस्ता असर देखिन्छन्। एक व्यक्तिमा परेको स्वास्थ्य जोखिमले पूरै परिवारको जीवनयापनमा प्रभाव पार्ने भन्दै जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्।
कडा अनुगमन र जनचेतना आवश्यक: विशेषज्ञहरूका अनुसार बजारमा खुलेर बिक्री हुने चटपटे र ड्राइफुट उत्पादनको गुणस्तर परीक्षण, लेबलिङ, म्याद र स्वच्छता कडाइका साथ नियमन गर्नुपर्ने खाँचो छ। उपभोक्तालाई पनि सजग रहनु, बालबालिकालाई दैनिक यस्तो खाजा सेवन हुन नदिनु र घरमै स्वस्थ विकल्प तयार गर्न सुझाव दिइएको छ।
खानेमा स्वाद भए पनि चटपटे–ड्राइफुटको लतले शरीर, मानसिक अवस्था, जीवनशैली र भविष्य समग्रमा दीर्घकालीन नोक्सान पुर्याउने प्रमाण स्पष्ट बन्दै गएको छ। स्वास्थ्य विशेषज्ञहरूले अबैध उत्पादन रोकथाम, अभिभावकको सचेतता र व्यक्तिगत खानामा सुधार नै मानिसको जीवन बचाउने प्राथमिक उपाय भएको बताएका छन्।