काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा तन्नामा बेरिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे विवरण सार्वजनिक गर्नेभएको छ।
शनिबार बिहान फेला परेको शव अत्यधिक सडेको अवस्थामा रहेकाले पहिचान गर्न प्रहरीलाई कठिन भएको थियो। प्रारम्भिक अनुसन्धानपछि उक्त शव रूकुम घर भएकी अन्दाजी २० वर्षीया माया भन्ने आयुषा मगरको भएको खुल्न आएको छ। २५ वर्षीय सूर्य थापा मगर पक्राउ परेकाछन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगरलाई पक्राउ गरेको छ।
उनी बसपार्कस्थित एक होटलमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार मृतक र पक्राउ परेका थापाबीच सामान्य चिनजान थियो। प्रारम्भिक अनुसन्धानले लागुऔषध सम्बन्धी विषयमा विवाद भई हत्या गरिएको संकेत गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।