काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजेबाट हुनेछ। पहिलो खेलमा विराटनगर किङ्स आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ भने जनकपुर बोल्ट्स पुनरागमनको दबाबमा हुनेछ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ।