काठमाडौँ । हुम्ला सदरमुकाम सिमकोट गाउँपालिका–५ मा आज बिहान जङ्गली भालुको आक्रमण हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत, र सर्केगाड–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत बिहान करिब ६स्१० बजे घाँस काटिरहेका बेला अचानक भालुको आक्रमणमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शङ्कर पोखरेलका अनुसार लक्ष्य र बाँचुको टाउकामा गम्भीर चोट लागेको छ । रजनीको भने खुट्टा र ढाडमा सामान्य चोट पुगेको छ। स्थानीयको सहयोगमा तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल सिमकोट पु¥याइएको छ। गम्भीर घाइते लक्ष्य र बाँचुको उपचार भइरहेको रजनीको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ।
स्थानीयले हुम्लामा भालुको सक्रियता हालै बढेको र सिमकोटमा आक्रमण भएको यो पहिलो घटना भएको बताएका छन्। दैनिक कामकाजका क्रममा जङ्गली जनावरको जोखिम बढेकाले प्रहरीले सतर्क रहन स्थानिय लाई आग्रह गरेको छ। प्रहरीले आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गर्दै सुरक्षात्मक कदम चालिने जनाएको छ।