काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो) धर्मेन्द्र कुमार मिश्र र एसपी सन्तोष तामाङको सरुवा भएको छ ।
पछिल्लो घटनाक्रमपछि मिश्र र तामाङकाे जिम्मेवारी खोसिएको हो । एसपी तामाङलाई प्रहरी हेडक्वार्टर तानिएको छ भने एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो ।