काठमाडौं । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन राइनोज विजयी भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९।१ ओभरमा पूरा गर्यो । चितवनको जितमा रवि बोपाराले सर्वाधिक ५२ रन बनाए । सैफ जैबले ३८, दीपक बोहराले ४२, कप्तान कुशल मल्लले २० रन जोडे ।
कर्णालीका कप्तान तथा मार्की सोमपाल कामीले दुई विकेट लिए । युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले पन्चालको आक्रामक ब्याटिङमा १६६ रनको योगफल खडा गर्यो । कर्णालीले २० ओभर ब्याटिङ गर्दा तीन विकेटमात्रै गुमायो । कर्णाली याक्सले ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । ओपनर म्याक्स ओ‘डोडले २० र वार्क वाटले १६ रन थपे ।
अविजित रहेका पवन सर्राफले २७ र नजिबुल्लाह जर्दानले चार रनको योगदान गरे । फितलो बनेको चितवनको बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहेल तान्विरले समान एक विकेट लिए ।