काठमाडौँ । शहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्मित प्याराफिट र फ्लडलाइट सञ्चालनका लागि नेपाल क्रिकेट संघ ९क्यान०लाई हस्तान्तरण गर्ने भएको छ । प्याराफिट र फ्लडलाइट हस्तान्तरणका लागि शहरी विकास मन्त्रालयले आज साँझ साढे पाँच बजे त्रिवि क्रिकेट रंगशालामा कार्यक्रमको आयोजना गरेको छ ।
भोलिदेखि सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मन्त्रालयले मैदानमा निर्मित प्याराफिट र फ्लडलाइट हस्तान्तरण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव गोपलप्रसाद सिग्देलले जानकारी दिए । प्याराफिट र फ्लडलाइट निर्माणको काम शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको हो ।