काठमाडौं । न्युजिल्याण्डका ब्याटिङ अलराउन्डर जिमी निशम यस वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन्। उनी पोखरा एभेन्जर्सबाट अनुबन्धित भएका छन्।
निशमले एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दा टोलीलाई उपाधि जिताइसकेका थिए। यसपटक उनी पोखराको टोलीमा देखिनेछन्। ३५ वर्षीय निशमले न्युजिल्याण्ड राष्ट्रिय टिमका लागि १२ टेस्ट, ७६ एकदिवसीय र ९३ टी–२० खेल खेलेका छन्।
उनले टेस्टमा ७०९ रन, एकदिवसीयमा १४९५ रन र टी–२० मा १०१० रन बनाएका छन्। बलिङमा पनि उनी प्रभावशाली छन् । टेस्टमा १४ विकेट,एकदिवसीयमा ७१ विकेट र टी–२० मा ५६ विकेट लिएका छन्। निशमले आइपिएलमा किंग्स इलाभेन पञ्जाब, मुम्बई इण्डियन्स र अन्य प्रतिष्ठित लिगहरूमा पनि खेलेका छन्।