काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । बहालको बक्यौता रकम समयभित्र नतिरेपछि महानगरले डोजर चलाएको हो । खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो ।
नेपाल स्काउटले गत बिहीबार नै खड्का ल्यान्ड डेभलपमेन्ट प्रा।लिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान दिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो।
नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन।
महानगरको डोजरले त्यहाँ भएका संरचना भत्काएको छ ।संरचना हटाउन स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै हारगुहार गर्दै आएको थियो। स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरेका थिए। । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर भत्काएको छ ।
बहालको बक्यौता रकम समयभित्र नतिरेपछि महानगरले डोजर चलाएको हो । खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो । नेपाल स्काउटले गत बिहीबार नै खड्का ल्यान्ड डेभलपमेन्ट प्रा।लिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान दिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो।
नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा ९हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान० १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन।
महानगरको डोजरले त्यहाँ भएका संरचना भत्काएको छ । संरचना हटाउन स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै हारगुहार गर्दै आएको थियो। स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरेका थिए।