काठमाडौँ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनको तयारीलाई संकेत गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र समुदायको भावना झल्काएको बताइएको छ।
क्लबका अनुसार यो जर्सीका प्रत्येक विवरणमा विश्वास, संस्कार र विराटनगरको अविचलित भावना झल्किएको छ। डिजाइनको केन्द्रमा सप्तकोशी नदीको प्रवाहलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ। जर्सीमा रहेका सात रेखाहरू सप्तकोशी बन्ने सातवटा शाखा नदीहरूको प्रतीक हुन्, जसले एकता, शक्ति र गतिशीलता जनाउँछन्। जर्सीमा समावेश त्रिकोणीय पहाडी पाटर्न साहस, धैर्य र दृढताको प्रतीकका रूपमा राखिएको छ।
