काठमाडौं । ऊर्जासहित तीनवटा मन्त्रालय हाँकिरहेका मन्त्री कुलमान घिसिङले पूर्वऊर्जासचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने तयारी गरेका छन् । यसअघि कुलमानकै नेतृत्वमा दल दर्ता गर्ने तयारी रहेको भए पनि आइतबार भने उपाध्यायलाई अध्यक्ष बनाएर दल दर्ता गर्ने सहमति जुटेको हो ।
पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति यसअघि भएको भए पनि त्यसमा फेरि छलफल भएर उज्यालो नेपाल नै राख्ने सहमति भएको स्रोतको दाबी छ । तर, अर्को स्रोतले भने उज्यालो नेपाल राख्दा एक व्यक्ति अर्थात कुलमानको मात्र हुने भएर नेपाल जनसेवा राख्ने सहमति जुटेको दाबी गरेका छन् ।
शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङको पार्टी घोषणा गरेर दर्ता गर्ने तयारीमा जुटेका हुन् ।