काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ ।
सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो । जिल्लाको यो आदेशपछि महरा थुनामै बस्ने भएका छन् ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकार दिपक श्रेष्ठले जानकारी दिए ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बयान भएको थियो । बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर बुधबार थुनछेक बहस भएको थियो ।