काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशमा अहिले एकताको आवश्यक्ता रहेको औल्याएका छन् ।
यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? भन्ने सामाजिक संजालमा आएको जिज्ञाशाको लामो उत्तर दिनुहुँदै काठमाडौँका मेयर बालेन शाहले देशमा अहिले हल्ला र झुटको भन्दापनि देशलाई एकता र साचो कुराको खाचो रहेको धारणा सार्वजनिक गरेका हुन् ।
”जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको हैन” मेयर शाहले भनेका छन् ।