काठमाडौं। मधेश प्रदेशका अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ । सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा मापन भएको छ ।
पछिल्लो २४ घण्टामा वीरगञ्जमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ ।
यसैगरी बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६, रौतहटकै महेशपुरमा १०१.४ र गरुडामा ८९.६ मिलिमिटर वर्षा भएको छ ।मधेश प्रदेश अन्तर्गत कैलालीको गर्भा दरबार केन्द्रमा ८६ मिलिमिटर वर्षा भएको छ ।
बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।