काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।
यससँगै बिहीबार छापावाल सुनको मूलय तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।