काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँको नयाँ सीडीओमा सहसचिव ईश्वरराज पौडेललाई जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनका बेला सीडीओ रिजालको आलोचना भएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले काठमाण्डुको सीडीओमा पौडेललाई बुधबारको मन्त्रिस्तरीय निर्णयबाट खटाइएको जानकारी दिए । यसअघि काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको पनि सरुवा गरिएको थियो ।