काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको हो ।मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार मंगलबार २ लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला २ लाख २३ हजार रूपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ । मंगलबार २६ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २७ सय पुगेको छ ।