काठमाडौँ । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गृहसचिव दुवाडीको घर जलाएका थिए ।
यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा पठाइएको छ । राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।