काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएकोमा प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन् । मन्त्री सिन्हा सर्वोच्चका पूर्वन्यायाधीश समेत हुन् ।