काठमाडौं । नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको जानकारीअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको छ ।