काठमाडौँ । कानुन तथा उद्योगमन्त्रीमा अनिल सिन्हा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश सिन्हालाई कानुन तथा उद्योगमन्त्री बनाउने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ ।
अहिले कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिएका छन् । उनी अब गृहमन्त्री मात्रै रहने भएका हुन् ।