विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको नगरसभा शनिबार (असोज ४) बिहान ८ बजेलाई तोकिएको छ । बिहीबार बसेको कार्यपालिका बैठकले नगरसभा राख्न निर्णय गरेको हो ।
मेयर हर्क साम्पाङको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बजेट सिलिङ समेत पास गरेको छ । धरानमा बजेटको विषयमा लामो समयदेखि विवाद थियो ।