काठमाडौँ । सरकारले कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि रोकेको छ । नयाँ सरकार गठन भएसँग ई-७ भिसामार्फत् कोरियामा नेपाली सीपयुक्त कामदार पठाउने कार्यविधि रोकिएको हो । यसअघि यो कार्यविधि कामको लिस्ट नै हालेर संशोधन भएको थियो ।
तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यही भददौ २० गतेको पत्रानुसार कार्यविधि कार्यान्वयन रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्रबाट बी टु बी माध्यमबाट ई-७ भिसामार्फत गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागको सूचनामा भनिएको छ ।