काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहा बालेनले धरानका मेयर हर्क सामपाङलाई एक तर्फी नै भएपनि माया गरिरहने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा प्रेमपत्र लेख्दै बालेनले एक तर्फी भएपनि माया गर्न नछोड्ने बताएका हुन् ।
उनले लेखेका छन् ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
खासमा हर्कले केहि समय यता बालेनलाई खासै राम्रो मानेका छैनन् । जेनजी आन्दोलनले देशलाई सरकारविहीन बनाएपछि आफू प्रधानमन्त्री बन्न खोजेका हर्क बालेनले सर्पोट नगरेपछि कुडिएका हुन् । यस क्रममा उनले फेसबुकमा लगातार बालेनलक्षित स्टाटस लेखिरहेका छन्।