काठमाडौं । रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी गरिरहेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएकोले उपनिर्वाचन सम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा छ ।आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनका सबै कार्यक्रम रद्द गर्ने निर्णय भएको हो ।
