काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए । शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
अर्याललाई अर्थको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । उनी पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका थिए ।
नवनियुक्त गृहमन्त्री अर्यालले आज पदभार ग्रहण गरेपछि जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय पनि गरेको मन्त्री अर्यालले जानकारी दिए ।