काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका डा.रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका हुन् ।
मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ। उनले पिएसओ पनि नलिने भनेका छन्। खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।