काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । योसँगै आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रमुखको शपथग्रहण गर्ने भएकी छन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
शुक्रबार राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीचको छलफलपछि संसद् विघटन गर्ने सहमति जुटेको हो ।मुलुकको वर्तमान राजनीतिक गतिरोधलाई मध्यनजर गर्दै संसद् विघटन र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने विषयमा उनीहरू सहमत भएका हुन् ।
यही भदौ २३ र २४ मा जे-नजी पुस्ताले गरेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।