काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।
सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।
