काठमाडौँ । सुनचाँदी व्यवसायी सङ्घले शुक्रबार सार्वजनिक गरेको सुनको मूल्य २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको हो।
बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम थियो। त्यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको हो।