काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने बताउँदै त्यसमा पूर्ण समर्थन रहेको धारणा राखेका छन् ।
सामाजिक सञ्जालमार्फत् जेनजीहरुलाई आग्रह गर्दै अब देश अन्तरिम सरकारतर्फ अघि बढेको र त्यसले देशलाई नयाँ जनादेश दिने काम भएको बताएका छन् । उनले राष्ट्रपतिसमक्ष अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।