काठमाडौँ। पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको आइसियूमा उपचार भइरहेको छ। जेनजी आन्दोलनमा आगजनीमा परेकी चित्रकारको कीर्तिपुर वर्न अस्पतालको आइसियूमा उपचार भइरहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन्।
डा. ताम्राकारका अनुसार चित्रकारको शरीर १५ प्रतिशत जलेको भए पनि स्वास्थ अवस्था चिन्ताजनक छ। उनले भनिन्, ‘उहाँको शरीर १५ प्रतिशत जलेको छ। तर, श्वासप्रश्वासमा समस्या भएकाले स्वास्थ्य अवस्था चिन्ताजनक छ।’
उनको अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ। मङ्गलबार प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा उनि जल्न पुगेकी हुन् । उनलाई उपचारका लागि कीर्तिपुरको वर्न अस्पताल लगिएको हो।