काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सय भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।
काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ । प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।
