काठमाडौँ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको छ।
बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको छ।
जेन-जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर क्षेत्र आसपास चार किलामिटरको दायराभित्र कर्फ्यू आदेश जारी गरेको हो।