काठमाडौँ । जेन-जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर क्षेत्र आसपास चार किलामिटरको दायराभित्र कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार शुक्रबार अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म त्यस क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न निषेध गरिएको छ।प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ।
