काठमाडौँ । आइतबार पनि सुनको भाउ उकालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो। शुक्रबार २ लाख १० हजार ४०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ । शुक्रबार २४९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।