काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा.डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले प्रारम्भिक चरणमा सबै प्रदेशमा एकरएक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।
मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ– ४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ । उनले अटिजम स्कुल संञ्चालनको लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘खासगरी अहिले हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढानीलकण्ठ वडा नम्बर ४ मा चाहिँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शीर्षक उल्लेख गरेको स्थिति छ ।