काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९ सयमा कारोबार भएकोमा आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।