काठमाडौँ । स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मूल्य तोलामा तीन सयले बढेको छ भने चाँदी १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ ।
हिजो मंगलबार एक तोला सुन एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।