काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो मंसिर १ (नोभेम्बर १७) गतेदेखि हुने भएको छ । एनपीएलले आफ्नो दोस्रो संस्करणबारे बिहीबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ ।जस अनुसार प्रतियोगिता मंसिर १ देखि २७ ९नोभेम्बर १७ देखि डिसेम्बर १३० सम्म हुने बताइएको छ ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । एनपीएलको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्स्ले जितेको थियो ।
एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन् । हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ ।