काठमाडौँ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बुधबार एक तोला सुन एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ रुपैयाँमा क्रयरविक्रय भएको थियो ।अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।