काठमाडौं । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले २० सहसचिवको र २४ सहसचिवको सरुवा गर्दा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेका छन् ।
जस अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई भने प्रशासन महाशाखामा कामकाजमा खटाइएको छ ।
यस्तै धादिगका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसैविच गृहमन्त्री लेखकका निजी सचिव उपसचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ भने उपसचिव दिर्घराज उपाध्यायलाई दिइएको छ । सुदूरपश्चिम घर भएका उपाध्याय यस अघि बैतडी र दार्चुलामा प्रमुख जिल्ला अधिकारी थिए ।



