काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ।मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ ।
चाँदीको मूल्य भने बुधबार पनि घटेको छ । महासंघका अनुसार चाँदी ४५ रुपैयाँले घटेको छ । मंगलबार दुई हजार तीन सय रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।