काठमाडौँ । ‘नाडा अटो शो २०२५’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १७ औँ ‘नाडा अटो शो’ को उद्घाटन गरे।
उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्ने बताए।
नाडा अटो शो अवलोकनका लागि नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ पनि पुगेकी छन्।अटो शोमा रोबर्टदेखि उड्ने कारसम्म प्रदर्शनीमा राखिएको छ। अटो शो अवलोकनका लागि सर्वसाधारणको भीड लागेको छ।