काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल, ६ वटा सैनिक घोडा र ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर उपहार दिएको छ । नेपालको दुई दिने भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर हस्तान्तरण गरेका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा सोमबार भारतका विदेश सचिव मिस्रीले नेपाली सेनालाई लाइट स्ट्राइकिङ भेइकल उपचार स्परूपले हस्तान्तरण गरे । सोही अवसरमा विदेशसचिव मिस्रीले ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा सैनिक घोडा पनि हस्तान्तरण गरे ।
यस्तै, केही स्वास्थ्य सामग्रीहरू समेत विदेश सचिव मिस्रीले हस्तान्तरण गरेका छन् । त्यसअघि सैनिक मुख्यालयमा विदेश सचिव मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता पनि गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन विदेशसचिव मिस्री आइतबार काठमाण्डु आएका थिए ।