काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।